बर्दिया र झापाबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लोकपथ
39
Shares

काठमाडौं । लागुऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका–११ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् ।

सोही नगरपालिका–११ चिया बगान क्वाटरस्थित लागुऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?