समानुपातिकको बन्दसूचीबाट क–कसको नाम हट्यो ? (सूचीसहित)

लोकपथ
117
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची हटाइएका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको छ । आयोगले विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकामध्ये ५५० जनाको नाम आयोगले हटाएको हो ।

उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको हो । आयोगका अनुसार प्रदेशसभातर्फ प्रदेश १ मा ४५ जनाको नाम बन्दसूचीबाट हटेको छ । यस्तै मधेश प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्दसूचीबाट हटेको छ । यसैगरी प्रतिनिधिसभातर्फ २०३ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?