रुपन्देही २ मा गठबन्धनले जनमुक्तिका थापालाई समर्थन गर्ने

लोकपथ
52
Shares

काठमाडौं । मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य तर्फ रुपन्देही क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सत्तागठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव वहादुर थापालाई समर्थन गर्ने भएको हो ।

आज गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै थापालाई सहयोग गर्ने बताएको हो । उक्त विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर के.सीले हस्ताक्षर गरेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?