धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने

काठमाडौं । पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २०७५ ’ प्रदान गर्ने निर्णय गरिएको हो ।

विगत ५५ वर्षदेखि निरन्तर दौडिदै आएका चर्चित धावक मानन्धरको दौड प्रतिको लगावको उच्च सम्मान गर्दै ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई ‘करियर स्रष्टा सम्मान’ बाट सम्मानित गरेको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो । 

करियरले स्रष्टाको साथै खेलाडीलाई पनि सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै भविष्यमा विशिष्ट कलाकारहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल हेम राईले बताए ।  विद्यालयले यसै महिनाको अन्त्यतामा एक विशेष समारोहका विच धावक मानन्धरलाई सो सम्मान दिने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?