म्हः पूजामा गृहमन्त्री खाँण (फोटोफिचर)

लोकपथ
39
Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँण म्हः पूजामा सरिक भएका छन् । नेवाः खल सिद्धार्थनगरले नेपाल संवत् ११४३ को अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा गृहमन्त्रीको म्हः पूजा गरिएको हो ।

कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गर्छन् । गृहमन्त्री खाँणले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको तस्विरमा माल्यार्पण गरेका थिए ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?