देश रुपान्तरण संवाहक बन्न चाहन्छु : उम्मेदवार थापा

लोकपथ
259
Shares

काठमाडौं । विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका धनेज थापाले आफू देश रुपान्तरणको संवाहक बन्न चाहेको बताएका छन् । काठमाण्डौ महानगरपालिका ३२ कोटेश्वरका थापाले विगत ७ वर्ष देखि गरेको वैकल्पिक राजनीतिक अनुभव रहेको बताउँदै सो कुरा बताएका हुन् ।

विद्यालय शिक्षा कोटेश्वरको सरस्वती माध्यमिक विद्यालय र हिन्दु विद्या पीठ नेपालमा पुरा गरेका उनले कृषि अर्थशास्त्रमा स्नातक, प्राकृतिक श्रोत व्यवस्थापन तथा अर्थ शास्त्रमा स्नातकोत्तर पुरा गरी हाल विद्यावारिधि ९पीएचडी० गर्दै गरेको जानकारी दिएका छन् ।

विगत १५ वर्ष देखि कृषि, प्राकृतिक श्रोत व्यवस्थापन र विपद्द जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा क्रियाशिल रुपमा प्रतिष्ठित संघसंस्थामा आवद्ध भएर काम गरको अनुभव संगालेको बताउँदै काठमाडौं विश्वविद्यालय र अन्य कलेजमा अध्यापन गर्ने र आफू सम्बन्धित् पेशागत क्षेत्रको अनुसन्धानमा पनि सक्रिय हुँदै आएको बताए।

कृषकले लगाएका बालीको कृषिबीमा र विपद्द जोखिम न्यूनीकरणका लागि वित्तीय समाधानका उपाय अबलम्बनमा राष्ट्रिय रुपमै योगदान गरिरहेको क्षेत्र नम्बर २ का उम्मेदवार थापाको भनाइ छ ।

आफूले काम गर्ने शिलशिलमा भोगेका अनुभवहरुको आधारमा राजनीतिलाई सेवामैत्री बनाउने उद्घोष गरेर विगत ७ वर्ष देखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएको र इमानदार तथा सक्षम राजनीतिको प्रतीक बनेर देश रुपान्तरण संवाहक बन्न चाहेको उनले उल्लेख गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?