के गर्दैछन् माओवादीका नाममात्रकै मन्त्रीहरु ?

काठमाडौ, १ कात्तिक –बिना विभागीय मन्त्रीहरुलाई प्रधानमन्त्रीको कार्यालयको बैठक कक्षमा बस्ने व्यवस्था मिलाईएको छ ।प्रधानमन्त्री शेर बहादुरले माओवादी केन्द्रबाट मन्त्रीमण्डलमा सामेल मन्त्रीलाई जिम्मेवारी बिहीन बनाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सह सचिब तथा प्रबक्ता हरि प्रसाद पन्थीले दस जना मन्त्रीहरुको लागि प्रधानमन्त्री कार्यालयको २ सय १८ नम्बरको बैठक कक्षमा व्यवस्था मिलाइएको बताए ।कार्यालयले राज्यमन्त्रीका लागि भने बस्ने व्यवस्था मिलाएको छैन । बिना विभागीय मन्त्रिहरुले प्रधानमन्त्रीको निर्देशनमा काम गर्नु पर्ने प्रावधान छ ।यद्यपी धेरैजसो माओवादी मन्त्रीहरु आज सिंहदरबार नै प्रवेश नगरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?