प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

RSS
143
Shares

झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका–११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोहो ।

पक्राउ पर्नेमा अर्जुनधारा–११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?