रियल मड्रिडको हार

लोकपथ
156
Shares

काठमाडौं । साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत समूह एफको विजेता बन्न अन्तिम खेलको नतिजा कुर्नु पर्ने भएको छ । मंगलबार राति रियल आरबी लाइपजिकसँग ३–२ ले निराश भएको थियो । समूह एफमा पाँच खेलमा शीर्ष स्थानको रियलको १० अंक छ भने समान खेलमा दोस्रो स्थानको लाइपजिकको नौ अंक रहेको छ ।

तेस्रो स्थानको सख्तर डोनेक्सको ६ र चौँथो स्थानको सेल्टिकको मात्र दुई अंक छ । समूहको अन्तिम खेलमा रियलले सेल्टिकको सामना गर्नेछ । सो खेल जितेमा रियाल समूह विजेता बन्ने छ । यस समूहबाट रियल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । लाइपजिकलाई नकआउट चरणमा स्थान बनाउन तेस्रो स्थानको सख्तर डोनेक्ससँग हार टार्नु पर्ने हुन्छ ।

१३ औँ मिनेटमा जोस्को जिभारडियोलको गोलमा रियलले लाइपजिकले अग्रता लिएको थियो । १८ औँ मिनेटमा एनकुन्कुले गरेको गोलमा लाइपजिकले अग्रता दोब्बर पारेको थियो । ४४ औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले खेलमा फर्कने संकेत गरेको थियो । ८१ औँ मिनेटमा टिमो वार्नेरले लाइपजिकका लागि तेस्रो गोल गरे ।

इन्जुरी समयको तेस्रो मिनेटमा रोर्डिगोले पेनाल्टीको सदुपयोग गर्दै रियाललाई खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । समूह ‘एफ’ कै अर्को खेलमा सख्तर डोनेक्स र सेल्टिकले १–१ को बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?