डोजरको ठक्करबाट पैदल यात्रीको मृत्यु

लोकपथ
156
Shares

सुर्खेत । दैलेखमा डोजरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति भैरवी गाउँपालिका–४ मा डोजरको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको हो । ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार उक्त पालिकामै पर्ने सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले खातुनलाई ठक्कर दिएको हो । डोजर चालक प्रविणकुमार शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?