मनकामना केवलकारमा तीन गोन्डुला थपियो, एक हजार यात्रुले सेवा पाउने

गोर्खा । मनकामना केवलकारमा थप तीन वटा गोन्डुला ‘डिब्बा’ थपिएको छ । 

३१ वटाबाट अब ३४ वटा गोन्डुलाबाट मनकामना केबलकारले यात्रुहरुलाई ओसार पसार गर्ने भएको छ । थपिएको गोन्डुलाबाट दैनिक १ हजार थप यात्रुहरुले आवत जावत गर्न सक्नेछन् । 

कुरिनटारमा सोमवार एक कार्यक्रमको आयोजना गरि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले थप तीन गोन्डुलाको उद्घाटन गरेका थिए । 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘नेपालको पर्यटन क्षेत्रमा मनकामना केवलकार ईन्नोभेसनले धेरै महत्वपूर्ण योगदान पु¥याएको छ, यहि केवलकार ईन्नोभेसनमार्फत स्थापित भएको डेस्टिनेसन पनि हो’ 

मनकामना केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले हाल भारतीय पर्यटकहरु धेरै मात्रामा आउने थालेको बताए । ‘गत वर्षको तुलनामा यो वर्ष भारतिय पर्यटकको संख्या ह्यात्तै बढेको छ, गत वर्ष  केवलकार चढ्नेमा २१ प्रतिशत भारतीय पर्यटकहरु थिए’ उनले भने । 

१८ वर्षअघि सञ्चालनमा ल्याइएको यो केबलकारमा अहिलेसम्म १ करोड ३८ लाख भन्दा बढी व्यक्तिहरुले केवलकार चढिसकेको पनि उनले बताए । वि.स. २०५५ साल मंसिर ८ गते सञ्चालनमा आएको केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?