‘पीपीएल’ क्रिकेट : चितवन राइनोजद्वारा पोखरा पल्टनलाई १ सय ४१ रनको चुनौती

पोखरा । पोखरा प्रिमियर लिग ‘पीपीएल’ अन्तर्गत  चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको चुनौती प्रस्तुत गरेको छ । 

पोखरा रंगशालामा सोमवार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४० रनको योगफल तयार पारेको थियो । चितवनले शुरुवाती १८ रनमा नै पहिलो विकेट गुमाएको थियो ।

चितवनका लागि ओपनर ब्याट्सम्यान हरिशंकर शाह मात्र ३ रन बनाएर पेभेलियनमा फर्किए । त्यस्तै अनिल शाहले १६ रन जोडे । ५७ रनमा तेस्रो विकेट गुमाएको चितवनले दवावमा आएको थियो । 
चौंथो विकेटका लागि कप्तान पारस खड्का र सन्नी पटेलले ५३ रनको साझेदारी गरे । पारसले ४४ रन तथा पटेलले ४६ रनको योगदान दिए । चितवनले १ सय १० रन बनाएको स्थितीमा चितवनको चौंथो विकेट गुमायो । 

यता बलिङतर्फ पोखराका विक्रम भुषालले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?