दुई सय ४७ वटा बैंक तथा फाईनान्स कम्पनीहरु मर्जरमा सामेल

लोकपथ
546
Shares

काठमाडौं । हालसम्म दुई सय ४७ वटा बैंक तथा फाईनान्स कम्पनीहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् चालु आर्थिक बर्षको भदौ मसान्तसम्मममा कुुल दुई सय ४७ वटा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएका हुन ।

यसरी सामेल भएकाहरु मध्ये एक सय ७९ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएको राष्ट्र बैंकको भनाइ छ । सो अनुसार हाल २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंकसमेत गरी कुल एक सय २५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकका अनुसार सात वटा प्रदेश अन्र्तगतका ७७ वटा जिल्लामा रहेका कुल सात सय ५३ स्थानीय तहमध्ये चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सात सय ५२ स्थाननीयतहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएका छन् । २०७८ भदौसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको थियो ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने ११ हजार पाँच सय ८५ वटा पुगेको छ । सो अनुसार वाणिज्य बैंकहरुको पाँच हजार ५४, विकास बैंकहरुको ११ सय २०, फाईनान्स कम्पनीहरुको दुई सय ३७ र लघुवित्त वित्तीय संस्थाहरुको कुल पाँच हजार एक सय ३८ वटा शाखाहरु सञ्चालनमा रहेका छन । २०७९ असार मसान्तमा भने बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ११ हजार पाँच सय २८ वटा रहेको राष्ट्र बैंकको भनाई छ ।

बैंक तथा फाईनान्स कम्पनीहरुको शाखा संख्या :-

क्र.स.                                    बिवरण संख्या                         शाखा संख्या
१ वाणिज्य बैंक                             २६                                       ५०५४
२ विकास बैंक                               १७                                       ११२०
३ फाईनान्स कम्पनी                      १७                                        २७३
४ लघुवित्त वित्तीय संंस्था             १७                                        ५१३८
५ पुर्वाधार बिकास बैंक                    १                                           ०
कुल                                           १२५                                       ११५८५

(श्रोत नेपाल राष्ट्र बैंक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?