नबिल बैंकको पहिलो त्रैमासिक नाफा एक अर्ब ५७ करोड

लोकपथ
91
Shares

काठमाडौं । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख नौ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन खर्ब ३४ अर्ब नौ करोड ५२ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब पाँच अर्ब ६९ करोड ६७ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव शुन्य तीन प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ९१ करोड ६१ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले तीन खर्ब २६ अर्ब २२ करोड २३ लाख १० हजार रुपैयाँ निक्षेप संंकलन गरी तीन खर्ब एक अर्ब सात करोड ३० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव १८ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?