ग्लोबल आइएमई बैंकले १३ दशमलव ६ प्रतिशत लाभांश दिने

लोकपथ
65
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३ दशमलव छ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको आइतवार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ दशमलव छ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १० दशमलव ६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको तीन प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश सेयर र १० दशमलव ६ प्रतिशतले हुन आउने करिब दुई अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तीन प्रतिशत बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?