सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो १० लाख बराबरको शुभ लक्ष्मी जीवन बीमा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा शुभ लक्ष्मी जीवन बीमा योजना ल्याएको छ । 

सो इन्स्योरेन्स कम्पनीले सानिमा शुभ लक्ष्मी जीवन बीमा योजना नेपाली बजारमा ल्याएको हो । 

यो योजना अनुसार बीमितलार्इ बीमा अवधिमा केहि भएमा बीमाङ्क रकमको तीन गुणासम्मको दाबी भुक्तानी पाइने छ। योजना परिपक्व भएको अवस्थामा बीमाङ्क रकम बराबरको पैसा र बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

बजारमा ल्याउन लागिएको यस योजना अनुसार बीमा कम्पनीले आर्जन गरेको नाफाबाट बीमितलार्इ बोनसको रुपमा प्रदान गर्नेछ। कम्पनीले जीवन बीमा कोषको भ्यालुएसन गरेर आएको  सरप्लसको ९० प्रतिशत रकम बोनसको रुपमा बीमितलार्इ प्रदान गरिने कम्पनीका महाप्रवन्धक केशवराज केसीले जानकारी दिए । 

इन्स्योरेन्स कम्पनीले मध्यम तथा निम्न वर्गिय समुदायलार्इ लक्षीत गर्दै न्युनतम २५ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको बीमाङ्क तोकेको छ।

न्युनतम १६ वर्षदेखि अधिकतम ६० वर्ष समुहका नेपालीले यो बीमा पोलिसी खरिद गर्न सक्नेपनि उनले बताए । पोलिसीको अवधि १० वर्षको रहनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?