फ्रान्सेली लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन विजयी, मार्सेली पराजित

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ले विजयी यात्रालाई निरन्तरता दिएको छ । 

आइतवार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई २-० गोल अन्तरले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफुम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेको तीन मिनेटमा नै पीएसजीका लागि केलियन एमबाप्पेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको ६२ औँ मिनेटमा इरिक मोटिङको स्थानमा मैदान प्रवेश गरेका एमबाप्पले एन्जल डि मारियाले दिएको पासलाई सदुपयोग गर्दै गोल पोष्टको जाली चुमाए ।

रोमाञ्चक बनेको खेलको अन्तिम समयमा जुलियन ड्राक्सलरले गोल गरेपछि मार्सेली स्तब्ध बनेको थियो । जितपछि पीएसजीले ११ खेलबाट ३३ अंक बनाउँदै लिगको शिर्ष स्थानमा छ ।  

जारी लिग वानमा पीएसजीले ११ औँ खेलमा जीत दर्ता गराएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?