हेलिकप्टर दुर्घटनामा लेस्टर सिटीका मालिक श्रीवद्धनाप्रभासँगै पाँच जनाको मृत्यु

एजेन्सी । इंग्लिस क्लब लेस्टर सिटीका थाइ मालिक विचार श्रीवद्धनाप्रभाको मृत्यु भएको छ ।

गत शनिवार जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टह्याम युनाइटेडविरुद्धको खेलपछि श्रीवद्धनाप्रभाको हेलिकप्टर रंगशाला परिसरमा दुर्घटनाग्रस्त भएको थियो । 

श्रीवद्धनाप्रभासँगै पाइलटहरु इजाबेला रोजा लेचोविच र एरिक स्वाफफिर रहेका छन् । त्यस्तै क्लबका कर्मचारीद्धय नुर्सरा सुकनामाई र काभेपोम पुनपारेको पनि मृत्यु भएको पुष्टि भएको हो । थाइल्याण्डको चौँथो धनीको सुचिमा पर्ने श्रीवद्धनाप्रभा हाल लण्डनमा बसोबास गर्दै आइरहेका थिए । 

खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै उनको निजी हेलिकप्टर उडेको थियो। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर एक्कासी बन्द भएर आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो । 

सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेप्रश्चात उनले आफ्नो क्लबको हरेक खेल हेर्दै आइरहेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?