‘पीपीएल’ क्रिकेट : विराटनगर टाईटन्सद्वारा काठमाडौं रोयल्सलाई १५० रनको चुनौती

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेटमा विराटनगर टाईटन्सले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती प्रस्तुत गरेको छ । 

पोखरा रंगशालामा सोमवार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १ सय ४९ रनको योगफल तयार पारेको थियो । विराटनगरका लागि मोहमद जायदले अर्धशतकीय पारी खेले । उनले  ६७ रन बनाए ।  

सुनील धमलाले ३० रनको योगदान दिए । जायद र सुनिलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए ।

राजेश पुलामी मगरले ३० रन बनाएर पेभेलियनमा फर्किए ।  यता काठमाडौंका लागि शुसन भारी, बसन्त  रेग्मी र गौरव तोमारले समान २-२ विकेट लिन सफल भए । 

यसअघि विराटनगर पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा धनगढी ब्लुजसँग पराजित भएको थियो । २ खेल खेलिसकेको विराटनगरले अंकको खाता नै खोल्न सकेको छैन । 

यता काठमाडौंले धनगढी ब्लुजलाई हराएको थियो ।  काठमाडौं १ खेलबाट २ अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?