हिमालयन बैंकको पहिलो त्रैमासिक नाफा ५३ करोड २४ लाख

लोकपथ
52
Shares

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ५३ करोड २४ लाख ७५ हजार आठ सय ६८ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा ४५ करोड २८ लाख ५३ हजार एक सय आठ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार सात सय २५ रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब ७० अर्ब ६० करोड २७ लाख ९१ हजार नौ सय ९४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५२ अर्ब ५५ करोड ८७ लाख २५ हजार तीन सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ८० करोड ७० लाख ३६ हजार चार सय ४९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने दुई अर्ब ४० करोड २८ लाख ४२ हजार छ सय तीन रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले एक खर्ब ६८ अर्ब ४१ करोड ९४ लाख ८६ हजार छ सय ९३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब ३१ करोड सात लाख १९ हजार ७९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ११ करोड ११ लाख ३१ हजार २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ६४ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?