माछापुच्छ्रे बैंकको पहिलो त्रैमासिक नाफा ४५ करोड ११ लाख

लोकपथ
26
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ४५ करोड ११ लाख ८३ हजार चार सय ४३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा ५६ करोड १५ लाख ३६ हजार छ सय १८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब ४४ अर्ब ९१ करोड ६९ लाख ९३ हजार सात सय दुई रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३३ अर्ब ५४ करोड आठ लाख ८८ हजार तीन सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ४७ करोड तीन लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ५४ करोड ४८ लाख आठ हजार पाँच सय ६८ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले एक खर्ब ४५ अर्ब दुई करोड ६० लाख ४९ हजार आठ सय ५० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार पाँच सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २६ करोड ८७ लाख ३३ हजार चार सय ३४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३८ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?