सनराईज बैंकको पहिलो त्रैमासिक नाफा १६ करोड ५७ लाख २८ हजार

लोकपथ
52
Shares

काठमाडौं । सनराईज बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १६ करोड ५८ लाख २७ हजार सात सय ८९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा ४३ करोड सात लाख १६ हजार ५८ रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार आठ सय नौ रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब २५ अर्ब ३९ करोड ३१ लाख ९२ हजार ९१ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब १९ अर्ब ३७ करोड १६ लाख ५५ हजार एक सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ४३ करोड ५१ लाख ९८ हजार पाँच सय ९९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने २८ करोड २३ लाख एक हजार छ सय ९० रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार आठ सय ८३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १९ अर्ब ८५ करोड ९५ लाख पाँच हजार सात सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९२ करोड ३२ लाख ६१ हजार एक सय ९९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ४६ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?