एनआईसी एशिया बैंकको वित्तीय नतिजा प्रकाशित

लोकपथ
52
Shares

काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को प्रथम त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ सय ७३ दशमलव १० अर्ब पु¥याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३ सय ८ दशमलव १८ अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ १ दशमलव ७५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (आओई) २६ दशमलव ५५ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रति सेयर आम्दानी ५९ दशमलव ६२ आर्जन गर्न बैंक सफल भएको बताएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा उत्साहजनक नतिजा हासिल गर्न सफल भएको र निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ० दशमलव ५९ प्रतिशतमा सीमित राख्न सफल जनाएको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रयमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको र साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?