जुवा खेल्ने ६२ जना पक्राउ, ९ जना विरुद्ध मुद्दा दर्ता

लोकपथ
143
Shares

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा ९ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार ७ सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो ।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?