नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

लोकपथ
52
Shares

काठमाडौं । नबिल बैंकको खुद नाफा ४१ दशमलव ३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक हो ।

गतवर्ष यसैअवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६४ दशमलव ०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४० दशमलव ३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा पनि २४२ दशमलव २८ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३ दशमलव २८ रुपैयाँ २८ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?