प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा

लोकपथ
52
Shares

काठमाडौं । प्रभु बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३।९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?