लोकपथ टप फिप्टिन : आजबाट तिहार सुरुदेखि ४० प्रतिशत मतपत्र छपाइ सम्पन्नलगायतका खबर

लोकपथ
39
Shares

१. आजबाट हिन्दू धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहार सुरु, आज पहिलो दिन काग तिहार धार्मिक विधिपूर्वक कागको पूजा गरि मनाइयो ।

२. गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, ओलीले संसद् विघटन गरेर संविधानलाई समाप्त पार्न खोजेको भन्दै गठबन्धनले देशलाई संकटबाट बचाएको जिकिर ।

३. प्रतिगामी शक्तिहरु लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौका खोजिरहेको नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाई, परिवर्तनकारी शक्तिको प्रयासका कारण असफल भएको दाबी ।

४. मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाई, जनताको विवकपूर्ण निर्णयले देश विकाससँगै आर्थिक रुपान्तरण सम्भव हुने तर्क ।

५. राजनीतिक स्थिरता नभई देश विकास नहुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, राष्ट्रपति भण्डारी र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको आरोप ।

६.गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरे अनुरोध, एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी बनाएको आरोप ।

७. मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन मिठाइ व्यवसायीहरुलाई सरकारको आग्रह, रङको मात्रा सरकारले तोकेको मापदण्ड भन्दा बढी भए कारबाही गरिने ।

८. निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने, निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउनेले ५० हजार पाउने ।

९. आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न, समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको र अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १ हजार २ सय ५० परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जना संक्रमण मुक्तहुँदा सक्रिय संक्रमितको संख्या ६ सय ९६ पुग्यो ।

११. तिहार अघिको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक १४ दशमलव ३५ अंकले बढ्दा ५१ करोड ६८ लाखको कारोबार ।

१२. रुसले कब्जा गरेको खेर्सन सहर तत्काल छोड्न सर्वसाधारणलाई रुस समर्थित अधिकारीहरूको उर्दी, युक्रेनी सेनाले खेर्सन सहरमा पुनः दावी गर्न प्रतिआक्रामक अभियान चलाउने अनुमान ।

१३. इरानमा जारी हिजाविरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो, जर्मनको वर्लिनको र्‍यालीमा १ लाख प्रदर्शनकारी सहभागी ।

१४.नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लाममिछानेलाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले दियो अनुमति, लामिछानेलाई १२ वर्षसम्मको कैद सजाय माग दाबी गर्दै प्रहरीले बुझायो सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन ।

१५. अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको खेलमा भारत विजयी, पाकिस्तान ४ विकेटले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?