एल क्यासिकोमा सुआरेजको ह्याट्रिक, रियल म्याड्रिड ५–१ ले पराजित

काठमाडौं–आइतबार राती सम्पन्न एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।  स्टार खेलाडी लियोनल मेसी बिनै मैदानमा उत्रिएको बार्सिलोनाले रियल म्याड्रिडलाई ५–१ ले पराजित गरेको हो ।  

मेसीको अनुपस्थितिमा लुइस सुआरेज चम्किए । उनको ह्याट्रिकको मद्यतमा एल क्लासिकोमा बार्सिलोना विजयी भएको हुन पुग्यो ।

सान्टियागो रंगशालामा भएको खेलमा बार्सिलोनाका लागि फिलिपले सुरुवाती गोल गरे । उनले खेलको ११ औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै सुआरेजले ३० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफको पाँचौं मिनेटमा एक गोल फर्काएपनि त्यसपछि लगातार बार्सिलोनाले ४ गोल ठोक्यो ।  रियलका लागि ५० औं मिनेटमा मार्सेलोले गोल गरेका हुन् ,

बार्सिलोनाका लागि सुआरेजले ७५ औं ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै अतुरोले पनि ८७ औं मिनेटमा अर्को गोल थपे । जितसँगै बार्सिलोनाले २१ अंकसहित शीर्ष स्थान कायमै राखेको छ । उसको पछिपछि १९ अंकसहित एट्लेटिको म्याड्रिड रहेको छ । रियल भने लिगको नवौं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?