इन्फिनिटी लघुवित्तका नवनियुक्त स्वन्तत्र सञ्चालक जोशीद्वारा सपथ ग्रहण

लोकपथ
21
Shares

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक महेश्वर प्रसाद जोशीले सपथ ग्रहण गरेका छन् ।

सञ्चालक समितिको असोज ७ गते बसेको ८५ औँ बैठकले स्वतन्त्र सञ्चालकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम काठमाडौं महानगरपालिका २२ बस्ने जोशीलाई नियुक्त गरेको थियो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक जोशीलाई संस्थाका अध्यक्ष बलराम विष्टले पद तथा गोपनीयताको सपथ गराएका हुन ।

यही कात्तिक पाँच गते शनिवार सम्पन्न भएको सपथ ग्रहण कार्यक्रममा संस्थाका अध्यक्ष, सञ्चालक, संस्थापकहरुबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?