कोर्नका नयाँ स्मार्टवाच तथा इअरबड्स नेपाली बजारमा

लोकपथ
442
Shares

काठमाडौं । स्मार्टफोन तथा मोबाईल एक्सेसोरिजको क्षेत्रमा विश्व बजारमा पछिल्लो समयमा प्रभुत्व जमाउँदै अगाडि बढ्न सफल चिनको बहुराष्ट्रिय ब्राण्ड कोर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ ।

कोर्नको लागि नेपाली आधिकारीक विक्रेता केमियो इन्टरनेशनल प्रालिको बाघदरबारस्थित मुख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि ‘कोर्न/डब्लूबी०४’ र कोर्न/डब्लूबी०४ स्मार्टवाच सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा कोर्नका एक्सेसोरीज आधिकारीक रुपमा भित्रिएको दुई बर्ष नबित्दै कोर्नले नेपाली उपभोक्ता माझ बनाएको छवि र हाँसिल गरेको प्रगति निक्कै लोभलाग्दो रहेको प्रतिस्पर्धीहरुले समेत स्विकार्दै आएको बताइएको छ । यता, केमियो इन्टरनेशनले नेपाली बजारमा पछिल्ला दिनहरुमा हरेक साता नयाँ उत्पादन लन्च गर्न थालेको छ ।

१.३ इन्चको टिएफटी मल्टिटच स्क्रिन युक्त कोर्नका यि दुवै स्मार्टवाच आईपी ६८ वाटरपु्रफ सर्टिफाईड रहेका छन् भने ‘कोर्न’ले तिस दिन सम्मको उत्कृष्ठ ब्याट्रि ब्याकअप दिने बताएको छ । हालै सार्बजनिक गरिएका दुवै ‘कोर्न/डब्लूबी०४’ र कोर्न/डब्लूबी०४ स्मार्टवाचमा कम्पनीले एक बर्षको वारेन्टी प्रदान गरेको छ भने काठमाडौं उपत्यका भित्रका ग्राहकलाई तिन दिनको सर्भिस ग्यारेन्टी गरेको छ ।

सर्भिस सेन्टरमा रिसिभ गरेको तिन दिनमा स्मार्टवाचमा देखिएको समस्या समाधान नभएको खण्डमा रिप्लेस्मेन्ट दिन नीति लिएको कोर्नले नेपाली बजारको विकास र विस्तारमा देखाएको तदारुकता र बिक्री पश्चातको सेवामा गरेको प्रतिबद्धताले नेपाली बजारमा कोर्नलाई सहजै स्थापित गराउन सफल भएको हो ।

दुवै स्मार्टवाचको बिक्री मूल्य ६ हजार नौ सय उनान्सय तोकिएको छ भने कोर्नले यि दुवै मोडल अनलाईन र रिटेल नेटवर्कमा उपलब्ध गराएको छ । कोर्नका यि स्मार्टवाचको साथमा इन्ट्रि लेभलको इअरबड्स समेतल बजारमा ल्याएको हो । खुद्रा बजार मूल्य २ हजार नौ सय उनान्सय तोकिएको यो इअरबड्स सेग्मेन्टकै उत्कृष्ट उत्पादन भएको दाबी कम्पनीले गरेको छ । ६ महिनाको वारेन्टी प्रदान गरिएको ‘कोर्न/ईबी०३०एफ’ मोडलको यो इअरवड्स डिजाईनमा एप्पलको इअरपडसँग तुलना योग्य रहेको छ भने आवाजको गुणस्तरमा समेत कुनै सम्झौता गरिएको छैन ।

चार घण्टाको प्लेब्याक ब्याकअप ब्याट्रि रहेको यो इअरवड्ले सस्तो मूल्यका उत्पादनको खोजी गर्ने नेपाली उपभोक्ताको आवश्यकता सहजै परिपूर्ती गरकोे विश्वास केमियो इन्टरनेशनलले लिएको हो ।

दिपावलीको संघारमा आयोजना गरिएका यि उत्पादनको लन्च कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका वितरकहरुसँग अन्र्तक्रिया गर्दै केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले नेपाली बजारमा प्रतिस्पर्धी मूल्यका गुणस्तरीय स्मार्टवाच तथा एक्सेसोरीजको बिक्री वितरण गर्ने लक्ष्यमा निरन्तर साथ दिनुभएकोमा धन्यबाद ज्ञापन गरेका थिए ।

अध्यक्ष साहले गुणस्तरीय उत्पादन र बिक्री पश्चातको सेवामा कुनै सम्झौता नगरिने प्रतिबद्धतासमेत आयोजित कार्यक्रमा दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?