कांग्रेसकाे चुनावी संकल्प पत्र सोमबार सार्वजनिक गरिदै

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको संकल्प पत्र कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज आइतबार साँझ ५ बजे भर्चुअल कार्यक्रममार्फत संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरिए पनि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय समितिले घोषणापत्र तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?