कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आइतबार साँझ ५ बजे भर्चुअल कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय समितिले घोषणापत्र तयार पारेको छ ।

घोषणापत्र लेखन समितिका संयोजक शर्मा अहिले झापामा छन् । उनी झापाबाटै कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा बालुवाटार तथा महामन्त्री गगन थापा र सहमहामन्त्री जीवन परियार पार्टी केन्द्रीय कार्यालयबाट कार्यक्रममा सहभागि हुनेछन् ।

समितिले विषयगत समिति बनाएर घोषणापत्रमाथि छलफल गरिएको थियो । यस्तै, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सुझाव मागिएको थियो । सबै विषयलाई समेटेर घोषणापत्र तयार पारिएको सहमहामन्त्री परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?