राजनीतिक स्थिरता नभई देश विकास हुँदैन : पौडेल

लोकपथ
0
Shares

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि सत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए । ओलीलाई जनताले दुई तिहाईको मत दिँदा उनले दुई दुई पटक संसद विघटन गरेर राजनीतिक द्धन्द्ध निम्त्याएको बताए ।

उनले भने, ‘देशलाई विकासको खाँचो भएका बेला ओलीले राजनीतिक द्धन्द्ध निम्त्याएर विकासको काम ठप्प परेका छन्,’ पौडेलले भने, ‘अहिलेको गठबन्धनले राजनीतिलाई सही दिशामा ल्याउन सफल भएको छ, अब विकासका लागि यही गठबन्धनलाई जिताउनु अपरिहार्य छ ।’

धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको जनाएका छन् । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जिताउन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?