दोहोरो अंकले बढ्यो नेप्से, अधिकाशं क्षेत्रमा हरियाली

लोकपथ
26
Shares

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । गत साता एक दिन पनि उकालो लाग्न नसकेको बजारमा यो साता भने पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो ।

आइतवार सेयर बजार १४ दशमलव ३५ अंकले बढ्दै १ हजार ८ सय ५८ दशमलव ४९ को विन्दुमा पुगेको छ । नेप्से शून्य दशमलव ७८ प्रतिशतले बढ्दा आज २ सय २१ कम्पनीको सेयर कारोबार भएको छ ।

कुल १५ लाख ३८ हजार ४२ कित्ता सेयर कारोबार हुँदा कारोबार रकममा पनि सुधार भएको छ । आज ५१ करोड ६८ लाख ३ हजार ४ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

उता, सेनसेटिभ विन्दु पनि २ दशमलव ८८ अंकले बढेर ३ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । सेनसेटिभ विन्दु शून्य दशमलव ७९ प्रतिशतले वृद्धिहुँदा कुल लेनदेन भने १३ हजार ८१ मा पुगेर रोकिएको छ ।

आज सेयर बजारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेकका सबै क्षेत्रमा हरियाली देख्न सकिन्छ । आज बैंकिङ्ग, व्यापार, विकास बैंकलगायतका क्षेत्रमा हरियाली छाएको छ । आइतवार रुरु हाइड्रोले धेरै कमाइ गरेको छ भने सिटिजन म्युचुअल फण्ड २ ले धेरै गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?