आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचकाे प्रतिस्पर्धा हाे : प्रचण्ड

लोकपथ
13
Shares

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहने बीचको प्रतिस्पर्धा भएको बताएका छन् । आइतबार धनगढीमा सत्ता गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एकातिर अग्रगमन चाहने गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धनबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा भइरहेको बताएका हुन् । उनले भने, ‘देशमा अर्को पनि गठबन्धन छ । उसको अलगै विचार छ । संस्कृति छ । तपाईंहरु अनुहार चिन्नुभएको नै छ ।

त्यसले कहीँ न कहीँ चाहेको छ, गणतन्त्रलाई उल्ट्याउने । संघीयतालाई कमजोर पार्ने त्यसप्रकारको गठबन्धन छ र त्यससँग हाम्रो बहस भइराख्या छ ।’ उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने विचार व्यक्त गरे । त्यस्तै, अध्यक्ष प्रचण्डले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?