शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । 

कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ । 

प्रतिशतका आधारमा एक दशमलब १९ विन्दुले बजार ओरोलो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३ दशमलब २३ विन्दुले आरोलो लागेर २६० दशमलब ७८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार रकम भने सामान्य अवस्थामा नै छ । कूल १६० कम्पनीको ११ लाख ९७ हजार १०६ कित्ता शेयर रु ३२ करोड ६४ लाख ८३ हजार ६७३ मूल्यमा खरीद बिक्री भएको छ । 

आज बैंकिङ १६ दशमलब ८१, होटल १५ दशमलब एक, विकास बैंक १० दशमलब ६, जलविद्युत् नौ दशमलब ७५, वित्त ६ दशमलब ५, निर्जीवन बीमा ७९ दशमलब ७३, उत्पादन ३ दशमलब ७२, अन्य २ दशमलब ३७, माइक्रोफाइनान्स १४ दशमलब ९७ र जीवन बीमा ५४ दशमलब ११ बिन्दुले ओरालो लागेको छ । 

स्टककाअनुसार ओरालो लागेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, रैराङ जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड फाइनान्स कम्पनी र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?