‘पीपीएल’ क्रिकेट : बुटवल ब्लास्टसद्वारा पोखरा पल्टन ३३ रनले पराजित

पोखरा । जारी प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत बुटवल ब्लास्टर्सले दोस्रो जीत हात पारेको छ । 

पोखरा रंगशालामा आइतवार भएको खेलमा बुटवल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले हराउँदै दोस्रो जीत आफ्नो पक्षमा पारेको हो । १ सय ५१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको पोखराको पारी ९ विकेटको क्षतीमा १ सय १७ रनमा समेटिएको थियो । 

पोखराका लागि आसिफ शेखले २० तथा कप्तान शरद भेषवाकरले १९ रन जोडे । रबी इन्दर सिंह र मोहमद नाभिदले समान ११-११ रन तथा राशिद खानले १० रन बनाए । 

पोखरालाई सस्तैमा समेट्न क्रममा बुटवलका सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले समान २-२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रनको योगफल तयार पारेको थियो । बुटवलका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले । उनले ४६ बलमा २ चौका र ३ छक्काको मदतमा ५४ रन बनाए ।

उनले  रोहन मुस्ताफासँग तेस्रो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए । रोहनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए ।  सिद्धान्त लोहनीले १३ रन, सोमपाल कामीले २२ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

चिराग सुरीले ५ रन तथा सागर पुन २ रन बनाएर पेभेलियनमा फर्किए । 

पोखरा पल्टनका लागि मोहमद नाविदले ३ तथा मेहबुव आलम, ललित नारायण राजवंशी र कप्तान शरद भेषवाकरले समान १-१ विकेट लिए । यसअघि बुटवलले पहिलो खेलमा चितवनलाई हराएको थियो ।  जितपछि बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?