ओलीले बोले यस्तो बोली

काठमाडौं, १ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको देशभक्तिपुर्ण अडानले सवै पार्टी आकर्षित भएको बताएका छन् । उनले अव एमाले मात्रै जनताको पार्टी भएको दावी पनि गरे ।बुधबार विहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा काँग्रेससहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले एमालेले लिएको देशभक्तिपूर्ण अडानले सबैलाई आकर्षित गरिरहेको दावी गरेका हुन् ।अध्यक्ष ओलीले सामाजिक न्यायसहितको राष्ट्रिय एकता र समृद्धिका लागि क्रियाशील रहेकाले एमालेमा प्रवेश गर्नेहरुको लहर चलिरहेको पनि बताए ।अध्यक्ष ओलीले लोकतन्त्र र राष्ट्रियताको पक्षमा एमाले निरन्तर लडिरहेको दावी समेत गरे । कार्यक्रममा काँग्रेस महासमिति सदस्य विमला राईसहित विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?