हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभाग र प्रदेश १ को तराई भेगमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ।
यस्तै दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया