१५ मङ्सिर २०७९, बिहीवार

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अधिवेशनबाट नयाँ कार्यसमिति चयन

२०७९,कार्तिक,५,शनिवार २१:१८

18
Shares

अर्घाखाँची । लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा बिष्णु बस्याल निर्वाचित भएका छन् । आज सन्धिखर्कमा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष बस्यालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमितिको सर्वसहमत गठन गरेको हो ।

जसको उपाध्यक्षमा कमल प्रसाद पोख्रेल,सचिव तिर्थराज आचार्य,सह–सचिव मन्जु घिमिरे र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छन् ।

यस्तै, समितिको सदस्यमा गोपाल प्रसाद भट्टराई, सिता बन्जाडे, राम बसु, कृष्ण प्रसाद भुसाल, नारायण खनाल र महेश्वर पन्थी छनौंट भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको आजै बसेको प्रथम बैठकले माधवराज चुंदाली संयोजक रहेको ११ सदस्यीय सल्लाहकार समितिको चयन गरेको अध्यक्ष बिष्णु बस्यालले जानकारी दिए ।

महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर गरिएको अधिवेशनको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिषि आजादले समुद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,५,शनिवार २१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी

बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शोे ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगी भएको छ । सलमानलाई डेंगी भएपछि

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

एजेन्सी । कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चड्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह

ताजा समाचार

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७