लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

लोकपथ
26
Shares

लमजुङ । लमजुङमा दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएकोे छ । जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ ।

विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको हो ।

साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?