बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

लोकपथ
26
Shares
Helping adult hand reaching child hand drowning in water concept for water rescue safety

घोराही । दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिवार दिउँसो दुई किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दंगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले बताए ।

नदीमा नहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको मल्लको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?