मधेशमा केपी ओली हाबी हुनु दुखद् हो : प्रचण्ड

लोकपथ
39
Shares

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशमा केपी ओली हाबी हुनु दुखद् भएको बताएका छन् । गठबन्धन दलका नेता कार्यकर्तालाई मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेश आन्दोलनको विरोधी भएको बताए ।

‘ मधेशविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेशका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने ।

उनले स्थानीय चुनावमा एमाले मधेशमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेशविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।

मधेशको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने र विष वमन गर्नेहरू विजयी हुने अवस्था चिन्ताजनक रहेको उनको तर्क थियो ।

अध्यक्ष प्रचण्डले मधेशमा भ्रम दिने, झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत रहन आग्रह गरे ।

मधेशको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?