नेता केसीको प्रश्न : संसद विघटन गर्ने एमालेलाई भोट दिनुको औचित्य के ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनको लागि भोट दिन आह्वान गरेका छन् ।

शनिवार नुवाकोट–काठमाडौं सम्पर्क समिती गठबन्धन दलले गरेको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारबनेका पूर्व मन्त्रीसमेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई नजिकको मत दिए पनि दुई–दुई पटक संसद विघटन गरेको र प्रतिपक्षमा पुग्दा संसदमा काम गर्न नदिएको समेत बताए।

‘आन्तरिक द्वन्दको कारण दुई तिहाइको नजिकको प्रधानमन्त्रीले सरकार केही गर्न नसक्ने’ उनले भने, ‘जुन दिन प्रतिपक्षमा पुग्यो त्यो दिन संसद चल्न नदिने अनि किन एमालेलाई भोट दिने ?’

त्यसैगरी, आफूहरुले सबै विचारलाई मिलाएर एक बनाउनका लागि गठबन्धन गरेको नेता केसीले बताए।

‘हामी किन अहिले गठबन्धनमा छौँ ? विभिन्न विचार लिएर हामी एक भएका छौँ। हामीले प्राप्त गरेको संविधान जोगाउनको लागि गठबन्धन गरेको हो’ उनले भने।

२०६२/०६३ सालदेखि जब गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचन्डले हात मिलाएर हस्ताक्षर गरेपछी नै गठबन्धन गरेको उनले स्मरण गराए।

लोकतन्त्रबादीहरुको मुख्य उत्वस नै निर्वचन भएको बताउँदै मनमा भएका सबै मैलोहरुलाई हटाएर निर्वाचनलाई सफल बनाउनेतिर लाग्नु पर्नेमा जोड दिए।

‘लोकतन्त्रबादीहरुको लागि निर्वाचन नै सबैभन्दा ठूलो उत्सब होझ उनले भने, ‘हाम्रा मनभित्र भएका सबै धमिलोहरुलाई हटाउदै निर्वाचनलाई सफल बनाउनी पर्दछ।’

नेता केसीले आगामी निर्वाचनमार्फत सबै वर्ग, लिङ्ग जातजातिहरुको प्रतिनिधित्व गर्ने गरि काम गर्नेमा विश्वास व्यक्त गरे ।

संसद नै जनताको आवाज बोल्ने संस्था भएको बताउँदै त्यसलाई हत्याउने काम गर्नेगरुलाई आगामी निर्वाचनमार्फत जनताले देखाउने बताए।

नुवाकोटको दुवै क्षेत्रबाट गठबन्धनका उम्मेद्वारहरुले जितेमा जनमतको कदर गर्दै शिर निहुरिने काम नगर्ने प्रतिवद्दतासमेत केसीले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?