इंग्लिस प्रिमियर लिग : लिभरपुल लिगको शिर्ष स्थानमा उक्लियो, म्यान्चेस्टर सिटी दोस्रो स्थानमा

एजेन्सी । लिभरपुल जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार राति सम्पन्न भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ४-१ गोल अन्तरले पराजित गर्दै लिगको पहिलो स्थानमा उक्लिएको हो । खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै लिभरपुलका लागि मोहम्मद सलाहले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोलले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल थप्यो । ६६ औँ मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्‍याए । 

खेलको ७७ औँ मिनेटमा कार्डिफका लागि कालुम प्याटरसनलेले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । ८४ औँ मिनेटमा साकिरीले गोल गरे । एक पक्षिय रहेको खेलको ८७ औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौंथो गोल गरे । जितपछि लिभरपुलले १० खेलबाट २६ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको २३ अंक छ । २१ अंकका साथ चेल्सी तेस्रो स्थानमा छ ।  

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा वाडफोर्डले हडर्सफिल्डलाई  ३-० गोल अन्तरले,  बर्नमथले फुलह्यामलाई ३-० गोल अन्तरले तथा ब्राइटनले उल्भ्सलाई एक–शुन्य गोल अन्तरले पराजित गर्‍यो । 

यता लेष्टर सिटी र वेष्टह्यामबीचको खेल भने एक–एक गोलको बराबरीमा सकिएको छ । न्यूक्यासलले साउथह्याम्टनसग गोल रहित बराबरी खेल्दै अंक बाड्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?