राष्ट्र बैंकले भोलि पुनः पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै

लोकपथ
117
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (भोलि) पुनः पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आइतवार तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको बताएको हो ।

कार्तिक १४ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब ६० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेका छन् ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ माघ १० गते र २०८० कार्तिक सात गते तोकिएका छ ।

यी ट्रेजरीहरु पुरानो नविकरण अन्तरगतका रहेका छन् । यसअघि असोज ३१ गते पनि राष्ट्र बैकले १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?