लेस्टर सिटीका मालिक  श्रीवद्धनाप्रभाको हेलिकप्टर रंगशाला परिसरमा दुर्घटना

एजेन्सी । इंग्लिस क्लब लेस्टर सिटीका थाई मालिकको हेलिकप्टर रंगशाला परिसरमा दुर्घटनागस्त भएको छ । 

लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको हेलिकप्टर  शनिवार राति दुर्घटनाग्रस्त भएको हो । 

घरेलु मैदान किङग्स पावरको कार पार्किङ् स्थललमा श्रीवद्धनाप्रभाको हेलिकप्टर  हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘बीबीसी’ले उल्लेख गरेको छ । 
जारी प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टह्यामविरुद्धको खेल लेस्टर सिटीले एक-एक गोलको बराबरी खेलेको थियो ।  

खेल सकिएको एक घण्टापछि रंगशालाको बीच भागबाट नै हेलिकप्टर यडेको थियो । उक्त हेलिकप्टरमा को-को सवार थिए भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन ।
लेस्टर सिटीका मालिक विचाईले आफ्नो क्लबको प्राय सबै खेल हेर्ने गरिएको बताइएको छ ।

सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?