चल्ला त ‘चंगाचेट’?

काठमाडौं । अहिले नेपाली सिनेमाले बाक्लो दर्शक पाएका छ । यसपालिको दशैँलाई दर्शकले पनि फिल्ममय बनाइदिएका छन् । दशैँमा रिलिज भएका दुई फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ ले तुलनात्मक रुपमा राम्रो व्यापार गरेपछि यतिबेला फिल्मको बजार केही उकासेजस्तो देखिएको छ ।

नजिकिँदै गरेको तिहारसँगै यतिबेला दुई फिल्म ‘मालिका’ र ‘चंगाचेट’ रिलिजको तयारीमा छन् । यस अर्थमा फिल्म ‘चंगाचेट’ ले रिलिज भएका र सँगै रिलिज हुने फिल्मसँग भिड्नुपर्ने भएको छ । आउँदो शुक्रवारबाट रिलिज हुने चलचित्र ‘चंगाचेट’ मा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, सुरक्षा पन्त, माओत्से गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई डार्क कमेडी भनिएको छ । फरक फरक स्वादमा फिल्म बनाउन रुचाउने दीपेन्द्र के. खनालले निर्देशन गरेको यो फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त निर्माण गरेका हुन् ।

यही फिल्मका दौरान निर्माता वाग्ले नक्कली नोट प्रकरणमा मुछिएर प्रहरीको हिरासतमा समेत पुगेका थिए । अहिले पनि उनीमाथि मुद्दा चलिरहेको छ ।

निर्माता वाग्लेका अनुसार चलचित्रले यस्तै कथालाई उठान गरेको छ । विभिन्न कारणले फिल्मले हाइप राम्रै बनाएको छ । यो चलचित्रको कथालाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

यस्तै फिल्मको गीत 'गोजीमा दाम छैन' यतिबेला चर्चामा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?