विश्वकपको ट्रफी चन्द्रागिरीमा सार्वजनिक, प्रधानमन्त्रीलाई देखाउने कार्यक्रम रद्द

काठमाडौं । ‘आईसीसी’ विश्वकपको ट्रफी आइतवार चन्द्रागिरीमा सार्वजनिक गरिएको छ । 

काठमाडौंको चन्द्रागिरीमा नेपाली क्रिकेटका पूर्व कप्तानद्धय उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् । गत शुक्रवार काठमाडौं ल्याइएको ट्रफि शनिबार पोखरामा सार्वजनिक गरिएको थियो । 

विश्व सम्पदामा सुचिकृत स्वयम्भुनाथ मन्दिरमा सार्वजनिक गरेपछि ट्रफी पोखरा लगिएको थियो ।  पोखरा प्रश्चात आइतवार चन्द्रागिरीमा लगिएको सो ट्रफी भोली ‘सोमवार’ बसन्तपुरमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

विश्वकपको ट्रफी टूर अन्तर्गत संयुक्त अरब इमिरेट्स ‘युएई’बाट शुरु हुँदै ओमान, अमेरिका, वेस्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो ।

अब ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, बेल्जियम, रुवान्डा, नाइजेरिया, फ्रान्स, नेदरल्याण्ड र जर्मनी हुँदै इंग्ल्याण्ड लगिने छ । 

प्रधानमन्त्री ओलीलाई विश्वकप ट्रफी देखाउने कार्यक्रम रद्द

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वकप ट्रफी देखाउने कार्यक्रम रद्द भएको छ । 

विश्वकप क्रिकेटको ट्रफी आइतवार प्रधानमन्त्री ओलीलाई देखाउने कार्यक्रम रहेको थियो । तर, उनको स्वास्थ्य अवस्थामा केही सुधार आएपनि ट्रफी देखाउने कुनै कार्यक्रम नभएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । 

प्रधानमन्त्री ओली शनिवार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागि थिएनन् । आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार प्रधानमन्त्री ओलीलाई ट्रफी देखाउने कार्यक्रम रद्ध भएको जानकारी दिइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?