पाँच वर्षको कार्य योजनासहित अगाडि बढौँ : गगन थापा

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

काठमाडौं क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यलय उद्धाटन गर्दै उनले नेपाली आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताएका हुन् ।

उनले निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरू लाई पाँच बर्षको कार्य योजनासहित जनतामाझ जानसमेत आग्रह गरे ।

निर्वाचन आउँन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भई नेपाली कांग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउनसमेत मतदाताहरूलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?